

चुनावका लागि विशेष सुरक्षा योजना : आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द





काठमाण्डाै
आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ।
गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिँदैछ । चुनावलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा कक्षसमेत तयार भइसकेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार चुनावमा भरपर्दो सुरक्षा व्यवस्थापन हुने भएकाले मतदाताले ढुक्कसँग मत खसाल्न सक्नेछन् ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा, केही उम्मेदवार तथा उनीहरूले प्रयोग गरेका गाडी तोडफोड तथा तराईका केही जिल्लामा भइरहेका घटनाबारे आयोगले सुरक्षा निकायका अधिकारीसँग चासो व्यक्त गरेको थियो ।
चुनावलाई ध्यानमा राखेर आज राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिँदैछ । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
चुनावका लागि देशभर कुल १० हजार ८ सय ९२ केन्द्र र २२ हजार २ सय २६ मतदान स्थल तोकिएको छ । आइतवार हुने मतदानमा देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया