कपिलवस्तुमा मदिराजन्य पदार्थको विक्रि वितरणमा रोक

कपिलवस्तु । जिल्ला प्रशासन कार्यलय कपिलबस्तुले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्य नजर गर्दै मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि मदिराजन्य पदार्थको विक्रि वितरणमा रोक लगाइएको प्रजिअ धर्मेद्र कुमार मिश्रले बताउनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना २०७९ को दफा १८.३.१ को १० तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सोमबार राती १० वजे देखि निर्वाचनको अन्तिम परिणम घोषणा नभएसम्म मादक पदार्थ ओसार पसार र सेवन गर्न प्रतिबन्ध लगाइएको प्रजिअ मिश्रले बताउनुभयो ।

उक्त अवधिभित्र कोही कसैबाट सूचना बर्खिलाप गरेको पाइएकमा प्रचलित कानून बमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै