

निर्वाचन तयारी : कपिलवस्तुमा तालिम लिएर कर्मचारी तयारी अवस्थामा





कपिलवस्तु । कपिलवस्तुमा निर्वाचनको अन्तिम तयारी थालिएको छ । यहाँ जिल्लाभरका सबै मतदान केन्द्र र मतदान स्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तय भइसकेको छ भने निर्वाचनमा खटिने कर्मचारीहरुले तालिम समेत लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले कलिवस्तुका तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि एक एक वटा मुख्य निर्वाचन अधिकृतहरु खटाएको छ भने तीनै क्षेत्रका सबै मतदान स्थाल र केन्द्रमा मुख्य निर्वाचन अधिकृतको मातहतमा कर्मचारी खटाइएको छ ।
जिम्मेवारी पाएका कर्मचारीहरु अब मंसिर १ गते देखि सम्बन्धित मतदान स्थालमा पुगेर आवश्यक तयारी गर्ने छन् । कपिलवस्तुमा झण्डै ३५ सय बढी कर्मचारी निर्वाचनमा खटिदै छन् ।
यस्तै मतदानमा प्रयोग हुने सबैखाले सामाग्री तयारी अवस्थामा राखिएको छ । मतपत्र, स्वस्तिक छाप, मतपेटिका लगाएतका अन्य आवश्यक पर्ने सबै सामान जिल्लामा उपलब्ध रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो । निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन कार्यालयबाट करिब ६२ प्रकारका सामाग्री मतदान स्थलमा पु¥याउने छन् ।
कपिलवस्तुमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ वटा निर्वाचन क्षे रहेका छन् । यहाँ जिल्ला भर २३४ मतदान स्थल र ४७२ मतदान केन्द्र कायम भएको छ । यस्तै कपिलवस्तुमा कारागारमा रहेका कैदि बन्दीले पनि मतदान गर्नका लागि जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनु भएको छ ।

निर्वाचनलाई शान्त, मर्यादित र भव्य रुपमा सम्पन्न गराउने कार्यका लागि जिल्ला सुरक्षा समतिले निर्वाचन सुरक्षालाई पनि प्रभावकारी बनाएको बताएको छ । यस्तै नागरिक स्तरमा मतदानका बेला सहज होस भनि यसपटक निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन गरेको छ भने आम सञ्चार माध्यमहरु मध्ये रेडियोबाट मतदाता शिक्षा सहितका सूचनाहरु संप्रेषण समेत गराएको छ ।
मंसिर ४ गते बिहान ७ बजे देखि अपराहन्न ५ बजे सम्म सबै मतदान स्थलमा नागरिकहरुले मतदान गर्न पाउने छन् । मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकहरुले आफ्नो मतदाता परिचयपत्र देखाएर वा मतदाता परिचयपत्र नभए नेपाली नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
चुनाव प्रचारप्रसार गर्न अब ५ दिन बाँकी
मङ्सिर ४ गते आइतवार हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, बैठक, भेला वा चुनाव प्रचारप्रसारसम्बन्धी काम गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले त्यस अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया