

गएको ५ बर्ष कपिलवस्तुको विकासमा वित्यो : बिष्णु पन्थी



हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थीले गएको ५ बर्षको समय कपिलवस्तुको विकास र निर्माणमा विताएको बताउनुभएको छ । जेसीज कपिलवस्तुले चार नम्बर जितपुर चोकमा आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रदेश सांसद समेत रहनुभएका पन्थीले एक कार्यकाल सांसद जिताएर पठाईसकेका जनतालाई धन्यवाद दिंदै ५ बर्षमा कपिलवस्तुमा भएका विकास निर्माणका कार्यहरुबारे स्पष्ट पार्नुभएको थियो ।
आफु सांसद भए पछि एक कार्यकालमा १ सय २५ किमी बाटो कालोपत्रे, ९ पक्की पुल निर्माण, १२ वटा खानेपानी ओभरहेड ट्यांकी, डेढ सय घरपरिवारलाई जनता आवास कार्यक्रम मार्फत घर निर्माण, जनता माविलाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालय निर्माण लगायत भएका विभिन्न कामको बारेमा स्पष्ट समेत पार्नुभएको थियो ।
त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, कोरोना महामारीका बेला स्वास्थ्य सामग्री प्रदान लगायतका कामले लोकप्रिय बन्नुभएका नेता पन्थीले आगामि दिनमा पनि अझै सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफु सांसद भए पछि आफ्नो क्षेत्रमा ९० प्रतिशत समय दिएको दावि गर्दै जनताका हरेक समस्या थाहा पाए सम्म समाधान गरेरै छाडेको दावि समेत गर्नुभएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया