

वाणगंगाको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाउँछौँः बलदेव





कपिलवस्तु, २५ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका चक्रपाणी खनाल बलदेवले अबको ५ बर्षको सरकार गठबन्ध्नको हुने दावी गरेका छन् । चुनाव प्रचारप्रसारको घरदैले अभियानको लागि शुक्रबार वाणगंगा नगरपालिका ८ बालापुरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार बलदेवले अबको सरकार आफूहरुकै बन्ने ठोकुवा गरेका हुन् ।
अहिले मुलकमा २ खालको गठबन्धन रहेको बताउँदै उनले जनताले जिताउने गठबन्धन भनेको अग्रगामी गठबन्धन रहेको बताए । उनले भने त्यो गठबन्धन भनेको काँग्रेस माओवादीसहित ५ दलको गठबन्धन हो । यसले संविधान जोगाउँछ । यसले परिवर्तन संस्थागत गर्छ । विकास गर्छ । जनताहरुले बुझ्नु पर्छ यहाँ अर्को पश्चगामी गठबन्ध्न छ । त्यो भनेको एमालकोे गठबन्धन हो । एमालेले मरेको लास बोकेर हिँडेको छ राजतन्त्र । फेरि पनि उनीहरु सत्तमा गए भने मुलुकमा भ्रष्टाचा र बेथिति बढ्ने, संविधान च्यातिने खतरा छ ।
गाउँघरका ससाना समस्या पनि एमाले सरकारले समाधान गर्न नसकेको उनले बताए । वाणगंगामा थुप्रै भूमिहिन सुकुम्बासी समस्या रहेको बताउँदै आफूहरुले बनाएको भूमि आयोगले चुनावपछि लालपुर्जा दिने उनको दावी छ । सुकुम्बासी समस्याको समाधान चुनावी मुद्धा मात्र बनाएर नहुने भन्दै उनले गठबन्धनको सरकारले स्थायी समाधान गर्ने बताए । बलदेवले वाणगंगा ८ मा रहको मायादेवी रंगशाला अन्र्तराष्ट्रिय स्तरको बनाइने, कृषि उद्यमको विशेष भूमि वडा नम्बर ८ लाई बनाइने समेत उनको दावी छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया