

तत्कालीन प्रधान मन्त्री ओलीका कारण विकास गर्न सकिएनः उम्मेद्वार बलदेव





कपिलवस्तु
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकार ग्रामिण विकासमा केन्द्रीत हुने बताएका छन् । उनले यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण कपिलवस्तुको विकास गर्न नसकिएको बताए ।
अब राष्ट्रीय गौरवका योजना सहितको विकास जनताले खोजेको उनले बताएका हुन् । बाणगंगा नगरपालिका वडा नम्बर १ को घरदौलो कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंसिक रुपमामात्रै गरेको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले गाउँगाउँमा विकास गर्ने बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, सडक र कृषिका अधुरा योजना पुरागर्ने र आधुनिक प्रणालिको विकासमा जोड दिने बताए ।
आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तनविरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दावी गरे ।
जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । उनले भने, ‘मैले कपिलवस्तुको विकास र समृद्धिका लागी धेरै योजनासंगै बजेटको पनि व्यवस्थापन गरे तर त्यसको प्रचारप्रसार गर्न जानिन्, जसको फलस्वरुप मैले यहाँका कतिपय नागरिकबाट आरोपहरु खेप्नु परेको छ ।’ उनले जनताको अपेक्षा अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
विकासको सम्भावनाले भरिएको कपिलवस्तुलाई अब तीब्र गति विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । देश र जनताको आवश्यकता गठबन्धन भएको दाबी गर्दै उनले अबको सरकार पनि गठबन्धनकै बन्ने जिकिर गरे । ‘अहिले देश र जनताको आवश्यकता गठबन्धन हो ।,’ उनले भने, ‘गठबन्धनले नै चुनाव जित्छ र गठबन्धनको सरकार बन्छ ।’
कपिलवस्तु क्षेत्र नं. १ बाट सत्ता गठबन्धनबाट चक्रपाणी खनाल उम्मेद्वार छन् भने नेकपा एमालेबाट बलराम अधिकारी चुनावी मैदानमा होमिएका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया