

कपिलवस्तु १ : राप्रपाका उम्मेदवार रायमाझी भन्छन्, मतदाता उत्साहित छन्



जितपुर । कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसार तिव्र पारिएको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त भएका छन् । यसैबीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार धु्रब बहादुर रायमाझीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको बताउनुभएको छ ।
राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर १ को प्रतिनिधी सभा उम्मेदवार बन्नुभएका रायमाझी यतिबेला घरदैलोमा भोट माग्नमा व्यस्त हुनु भएको छ । राप्रपाको उम्मेदवारलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत पाएको रायमाझीले बताउनुभयो । राप्रपाको नीति र एजेण्डा लिएर युवा उम्मेदवार घरदैलोमा पुग्दा मतदाता धेरै उत्साहित भएको उम्मेदवार रायमाझीको बुझाई छ । चुनावी प्रचार प्रसारको क्रममा नेता कार्यकर्ता सहित मतदाताको घरघरमा पुग्दा मतदाताले राप्रपाको हलो चिन्हमा मत दिनेमा आफु ढुक्क भएको बताउनुभयो ।
राप्रपाका केन्द्रिय सदस्य समेत रहेका रायमाझीले नयाँ पुस्ता नविन सोच, युवा उद्यम र रोजगारीका लागि आफनो उम्मेदवारी भएको दावी गर्नुभएको छ । अन्य पार्टीलाई पटक पटक जनताले हेरिसकेकाले अव राप्रपाको उम्मेदवारलाई जिताउने दावी गर्नुभयो । आफनो पार्टीले सम्पूर्ण तहमा हुने भ्रष्टाचारलाई अन्त्य गर्ने नीति अनुरुप मतदातासंग राप्रपालाई भोट मागेको बताउनुभयो ।
अभिभावकीय राजसंस्थाको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्र सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको अभियानका साथ मतदातासंग भोट मागेको बताउनुभयो । उहाँले समृद्ध कपिलवस्तु बनाउनको लागि राप्रपाका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया