

कपिलवस्तुमा नयाँ पुस्ताको साथ पाएका देबेन्द्र शर्मा मत माग्न घरदैलोमा व्यस्त





कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा १ मा उदाउदो युवा देवेन्द्र कुमार शर्मा उम्मेदवार छन् । हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो लिएर आसन्न मंसिर ४ को निर्वाचनमा उनी मत माग्न घरदैलोमा व्यस्त छन् ।
इन्जिनियरबाट डिप्लोमा गरेका शर्मा विद्यार्थी नेता हुन् । काठमाडौंमा पढाई गर्दा गर्दै उनी विद्यार्थी राजनीतिमा आवद्ध भए । समाज रुपान्तरणमा राजनीति बाहेक अर्को विकल्प नदेखेका शर्मा सिंगो प्रतिनिधिसभामा उम्मेदवार बनेका हुन् ।
एका तिर सत्तारुढ गठबन्धन, अर्का तिर नेकपा एमालेको दबदबाका बीच उनको उम्मेदवारीलाई एक साहसिलो कदमका रुपमा हेरिएको छ ।
कार्यकर्ताको बलियो उपस्थिति रहेका ठूलो दलले शर्माको उम्मेदवारीलाई आफ्नो प्रतिस्पर्धीका रुपमा हेरेका छैनन् । तरपनि शर्माले युवा र बृद्धबृद्धाको साथ पाएका छन् ।
घरदैलोका क्रममा उनी प्रति मतदाताले देखाएको साहनुभूति लोभलाग्दो छ । यद्यपि मत कति पाउँछन् त्यो हेर्न भने मंसिर ४ कुर्नुपर्छ ।
जगदीशपुर तालको सेरोफेरोमा बस्ने शर्मा जिल्लाको विकास नभएको कारण आफू उम्मेदवार बन्नु परेको तर्क गर्छन् । थुप्रै सम्भावना रहदा रहदै कपिलवस्तु विकासमा पछाडी परेको कारण आफूले योजनावद्ध विकासको खाका कोरेर चुनावी अभियानमा होमिएको उनी बताउँछन् ।
पटक पटक विभिन्न दलका नेतालाई यहाँका जनताले सांसद बनाए पनि सोचेजस्तो विकास हुन नसकेको उनको आरोप छ ।
पर्यटनको प्रवल सम्भावना रहेको जिल्ला सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा समेत विकास हुन नसकेको उनको निचोड छ । ठूला दलका नेताबाट यी क्षेत्रको विकास हुन सक्ने आफूले नदेखे पछि संघमा उम्मेदवारी दिन बाध्य भएको उनले बताए ।
स्वतन्त्र रुपमा नै आफू उम्मेदवार बनेको उनको दाबी छ । प्राविधिक रुपमा लौरो चुनाव चिह्न कुनै पार्टीको भए पनि आफ्नो उम्मेदवारी स्वतन्त्र नै भएको उनले जनाए ।
शर्माका आफ्ना नेता तथा कार्यकर्ता नभए पनि उनलाई स्वतन्त्र मतदाताले सघाएका छन् । उनी प्रत्येकको घरदैलोमा पुगेर मत मागिरहेका छन् । एक्लै लौरो बोकेर मतदाताका घरघरमा पुगेका शर्माले आफ्नो प्रतिवद्धता पत्र बाडिरहेका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया