

कपिलवस्तुमा निर्वाचन बहिस्कार भन्दै हिडेका १० जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले निर्वाचन बहिस्कार भन्दै माइकिङ गर्दै हिडेका १० जनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तुको बाणगंगा स्थित गजेहडाबाट बिहिबार मंसिर ४ को निर्वाचन बहिस्कार गरौँ भन्दै नेपालको झण्डासहित गाडिमा व्यानर समेत बनाएर माइकिङ गर्दै हिडका विभिन्न दलका कार्यक्रताहरुलाई नियन्त्रणमा लिएर बिहिबार नै साँझ छोडिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सीले बताउनु्भयो ।
गजेहडामा गाडीमा व्यानर राखेर निर्वाचन अवज्ञा/बहिँस्कार गरौँ भन्दै हिडिरहेको अवस्थामा नेकपा क्रान्तिकारी (माओवादी),नेकपा (बहुमत) र नेकपा (मसाल) का दश जना कार्यक्रताहरुलाई नियन्त्रणमा लिइएको र सम्झाइबुझाइ गरी छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिनबहादुर घललेले बताउनुभयो ।
केही दिन अघि नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिरोधी गतिविधिको घोषणा गरेलगत्तै कपिलवस्तुमा निर्वाचन बिथोल्ने गतिविधि सक्रिय बनेको देखिएको हो । कपिलवस्तु नेत्रविक्रम चन्द विप्लवको गृह जिल्ला हो भने यहि सो पार्टीले आफ्नो केन्द्रिय कार्यालय समेत स्थापना गरि आफ्ना राजनितिक गतिविधि सक्रिय बनाएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया