

जनता ठग्न एमाले गाउँ पसेको जनमोर्चा कार्यकारी अध्यक्ष नेपालीको आरोप





जीतपुर । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनता ठग्न एमाले गाउँ पसेको हुदाँ नझुक्नि जनतालाई अनुरोध गरेका छन् ।
राष्ट्रिय जनमोर्चा का समानुपातिक निर्वाचन प्रचार प्रसार अभियानमा देश दौडाहमा पश्चिम जाने क्रममा आज ४ नं रा.ज.मो कपिलवस्तुले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विगतमा २ तिहाई बहुमत नपचेकै कारण संविधान च्यातचुत पार्ने , संसद विघटन गर्ने खालका अहंकारी प्रवृद्धि देखाउनेलाई अव जनताले अमुल्य मत दिदा सावधानी अपनाउने दिन धेरै नभएको ले बेलैमा सचेत हुन आग्रह समेत गरेका हुन् ।
ओलिको प्रतिगमन विरुद्ध संविधानको रक्षाका लागि राष्ट्रिय जनमोर्चा ४ दलिय गठबन्धनमा साझेदार रहेको प्रष्ट पार्दै उनले वाम लोकतान्त्रिक शक्तिकै कारण देशमा संविधान बचेको ले गठबन्धनलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय जनमोर्चा ले संघियाता का कारण मुलुक डुब्न थालेको र संघियता टाठा बाठालाई कमाउने भाडो बनेको र देश कंगाल हुन थालेको भन्दै प्रदेशको खारेजी का लागि समानुपातिकमा गिलास चिन्हमा मतदान गर्न आह्वान समेत गरेका थिए ।
हिजो बुटवलमा पत्रकार सम्मेलन गरेर समानुपातिक अभियानको शुरुवात गरेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित बुटवलबाट सुरु भएको अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने राजमोले जनाएको छ ।
कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने बताईएको छ । त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाट लगायतका कार्यक्रम रहेको जनाईएको छ ।
१८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ । यस्तै, कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ, कैलालीको चिसापानीमा कार्यक्रम हुनेछ। जनमोर्चाले २० गते कैलालीको अत्तरियार, धनगढी तथा कञ्चनपुरको बेलौरी र विनवारीमा कार्यक्रम गर्नेछ ।
यसैगरी कात्तिक २१ गते सुर्खेत, २२ गते सुर्खेतकै छिन्चु, २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ । कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा २६ र २७ गते कास्कीको पोखरा २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ । जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची क मा उम्मेदवारी दिएको छ । समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ । जीवनभर निष्ठाको राजनीति गर्दै आएका जनप्रिय नेता राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य सहित आधा दर्जन बाढी नेताहरु कपिलवस्तुबाट संघ र प्रदेशको समानुपातिक उमेद्वार रहेको जनाईएको छ ।
४ नं जितपुरमा आयोजित कार्यक्रममा अभियानका तर्फबाट राजमो केन्द्रिय सदस्य तथा प्रदेश समानुपातिक उमेद्वार तारा थापा, रक्तिम सांकृतिक अभियानका केन्द्रिय महासचिव जिवन शाहि अन्टुकका जिल्ला अध्यक्ष केर सिंह अदै लगाएतले राजमो उपाध्यक्ष राम प्रसाद बेल्वासे लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।


खबर सबै
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन











प्रतिक्रिया