

माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिको सिफारिस



काठमाडौँ । खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।
आयोगले माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको सिफारिस गरेको हो। आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाका अनुसार छनोट भएका सबै शिक्षकले केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ। केन्द्रले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई ती शिक्षकलाई पदस्थापनाका लागि सिफारिस गर्नेछ। ती शिक्षक नियुक्तिका लागि २०७८ माघमा आयोगले परीक्षा सञ्चालन गरेको थियो।
सबै विषयका लागि कुल एक हजार ४७८ स्थानका लागि परीक्षा सञ्चालन गरिएको थियो। जसका लागि ३५ हजार ५५६ जना परीक्षामा सहभागी भएका थिए। उक्त परीक्षाबाट तीन हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए तर दोस्रो तहको परीक्षामा पनि सफल भएर भने एक हजार ४७८ जना मात्रै अन्तर्वार्तामा सहभागी भएका थिए।गोरखापत्र अनलाइनबाट साभार ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया