

विप्लव नेतृत्वको नेकपाले निर्वाचनको विरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने





काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बिरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए । उनले निर्वाचनको बिरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताए । पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उनले जानकारी दिए । बैठकको निर्णय जानकारी गराउँदै उनेल भने, ‘मंसिर ४ गतेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय ग¥यो । खारेज अभियान प्रभावकारी बनाउन देशव्यापी रुपले चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाहरुको व्यापक रुपले आयोजना गर्ने साथै जनतालाई लुटेराहरुको चुनावमा भाग नलिन अपिल गर्ने निर्णय लिएको छ । प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरेका उचित प्रतिरोध गर्ने पनि निर्णय गरिएको छ ।’
चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरी केन्द्रिय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ । बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ ।
त्यस्तै नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसावकितावलाई कार्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिए । त्यसैगरी यही कार्तिकमा नवौं महाधिवेशन विशेषाङ्क मुखपत्र र नयाँ दृष्टिकोण प्रकाशित गर्ने, पार्टीको केन्द्रीय पुस्तकालयलाई सुव्यवस्थित गर्न पुस्तकालय विभागले कामलाई निरन्तर अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए ।
बैठकले पार्टीका नेता वीरजङको मृत्यु भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई पार्टीको धारणा बनाउने निर्णय गर्न स्थायी समिति सदस्य विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पनि उनले उल्लेख गरे ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया