
तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

काठमाण्डौँ
‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।९४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा कुमारी बैंकले कमाएको छ । सो बैंकको निष्क्रिय कर्जा ०।४६ प्रतिशतबिन्दु बढेको छ ।
पहिलो त्रैमासमा औसतमा वाणिज्य बैंकले ७२ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । प्रथम त्रैमासमा एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसियाको नाफा पोहोरभन्दा ४८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलोपटक एकीकृत नाफा सार्वजनिक गर्दै यति नाफा कमाएको हो । यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया