
‘भाइरल’ पुलको व्यथा

काठमाण्डौँ
आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।
गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन ।
त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल निर्माण भएको हो ।
बाढीपहिरोले पुलको आधा भागमा लट्ठाबाहेक सबै बगाएको थियो । पुलका लट्ठा मात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भ¥याङ भए पनि बनाएर आउजाउ गर्न सहज बनाइदिएको मल्लले बताए ।
उनका अनुसार पुल नहुँदा नागरिक पैदल हिँडेर तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर जान बाध्य थिए । कोरिडोर खुलेको खण्डमा जितेको पुलको आवश्यकता हुन्छ तर बाढीले पुलको आधा भाग बगाएकाले आउजाउ गर्न नसक्ने अवस्थाको थियो ।
कात्तिक ४ गते बसेको विपत् व्यवस्थापन समितिको बैठकबाट जितेलगायतका तीनवटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको थियो । यो समाचारगोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया