

इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता देखि इतिहासकै ठूलो बम विस्फोट सम्म



सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो। स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयु राष्ट्र हो। सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थिए। त्यसको एक महिनापछि राष्ट्रसंघको महासभाद्वारा प्यालेस्टाइनलाई मान्यता दिएको थियो।
एसियालाई युरोप जोड्ने पुल
सन् १९७३ मा टर्कीको इस्तानबुलमा पहिलो पटक बोस्फोरस पुल सञ्चालनमा आएको थियो। एसियालाई युरोप जोड्ने उक्त पुलको निर्माण कार्य सन् १९७० को फेब्रुवरीमा सुरु भएको थियो। पुलका डिजाइनर ब्रिटिश इन्जिनियर गिलबर्टस रोबर्टस र विलियम ब्राउनले गरेका थिए।
इतिहासकै ठूलो बम विस्फोट
सन् १९६१ मा सोभियत संघले आर्कटिक सर्कलको नोभाया जेम्ल्या टापुमा रहेको मितुशिखा खाडी परीक्षण दायरामा जार बम्बा ९बिग इभान०लाई विस्फोट गराएको थियो। ५७ मेगाटन क्षमताको उक्त बम १३ हजार फिटको उचाइमा विस्फोट भएको थियो।
युरोपमा पहिलो अन्तरदेशीय उडान
सन् १९०८ मा फ्रान्सेली विमान चालक हेनरी फरमानले बोइबाट फ्रान्सको रेम्समा उडान भरेका थिए। १४ माइल यात्रा पूरा गर्न उनलाई करिब २० मिनेट लागेको थियो। फरमान एयरलाइन र इन्जिन निर्माण कम्पनी फरमान एभिएसन वर्कसका सह–संस्थापक थिए।
राजकुमार जुआन कार्लोसको उदय
सन् १९७५ मा तत्कालीन तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोलाई विस्थापित गर्दै राजकुमार जुआन कार्लोस स्पेनको कार्यवाहक राष्ट्र प्रमुख।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया