

समाजलाई समुन्नत बनाउन छठ पर्वको महत्व छ : एमाले अध्यक्ष शर्मा





कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले सांस्कृतिक, ऐतिहासिक, धार्मिक महत्व बोकेको हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व छठ पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।
जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा नेपालका तराई क्षेत्रमा धुमधामका साथ मनाइने यस छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी वहिनीहरु प्रति सु–स्वास्थ्य, दीर्घायूको एवम् समृद्धिको कामना गर्दछौं भनिएको छ । जारी शुभकामना सन्देशमा संस्कृतिका माध्यमबाट समाजलाई समुन्नत बनाउन छठ पर्व २०७९ ले सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ ।
जिल्ला अध्यक्ष शर्माद्धारा जारी सन्देशमा आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा जनताले स्वत स्फूर्त रुपमा आफ्नो मताधिकार प्रयोग गर्ने विश्वास प्रकट गर्दै राजनैतिक दलहरुबीच पूर्णरुपमा निर्वाचनका आचारसंहिता पालन गर्दै स्वस्थ, मैत्रीपूर्ण, प्रतिस्पर्दाबाट निर्वाचन सम्पन्न हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको जारी सन्देशमा भनिएको नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया