

विष्फोटमा गम्भीर घाइते भएकी बालिकाको सुर्खेतमा मृत्यु, ३ जनाको उपचार हुँदै


कालिकोटमा बम पड्किँदा मृत्यु हुनेको संख्या २ पुग्यो
कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा भएको बम विस्फोटमा २ जना बालिकाको मृत्यु भएको छ । एक बालिकाको घटनास्थलमै र अर्की बालिकाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।
विष्फोटमा ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बिष्फोटक पदार्थ पड्किँदा स्थानीय ४ वर्षकी झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो । तिलागुफा नगरपालिका १० कै ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षिया मुस्कान थापा र ४ वर्षिया दर्शना राना गम्भीर घाइते भएका छन् । उनीहरुको सुर्खेतमा उपचार भइरहेको छ । हेलिकप्टरबाट चारजना घाइतेलाई नै सुर्खेत ल्याइएको थियो । ति मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
बारीमा बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया