

सडक बन्द हुने गरी कन्सर्ट आयोजना





कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा सार्वजनिक जग्गा अभावका कारण स्थानीय युवा क्लवले सार्वजनिक सडक नै बन्द हुने गरी तिहार विषेश कन्र्सट आयोजना गर्दा हजारौँ नागरिक सस्तीपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।
शुक्रबार बाणगंगा ७ बनगाई स्थित भलवाड–जिनुवा–डोहोटे सडक खण्ड पूणर््ा रुपमा बन्द गरी बनगाइ स्थित शान्ती सृजना युवा क्लवले तिहार विषेश कन्सर्ट आयोजना गरेको हो । वडा नम्बर ७ ले सार्वजनिक जग्गा उपलब्ध गराउन नसक्दा सडक बन्द गर्नुपरेको क्लवका एक पदाधिकारीले बताएका छन् ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरको समेत उपस्थिति हुने यो कन्सर्टमा दैनिक हजारौ नागरिकहरको आवतजावत प्रभावित भएको छ । आयोजकले वैकल्पिक सडक रहेको भनेको भए पनि सो सडक यात्रुहरुका लागि झन्जटिलो र सास्तीपूर्ण रहेको छ ।
यद्यपी सडकको डइभर्सन मिलाएर आयोजनाको स्विकृति दिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु केसीका अनुसार मुख्य सडकका विकल्पमा डाइभर्सन सडकको व्यवस्था मिलाएका कारण कार्यक्रम आयोजनाको स्विकृति दिएको बताउनुभयो ।
शान्ति सिर्जना युवा नेपालले हरेक वर्ष तिहार विशेष कन्सर्टको अयोजना गर्ने गरेकोमा यस वर्ष स्थान नमिलेका कारण सडकमा कार्यक्रम आयोजना गर्नुपरेको बताएको छ । वडाले सार्वजनिक कार्यक्रम आयोजनाका लागि स्थान उपलब्ध नगरउँदा यस्तो समस्या आएको क्लवका पदाधिकारीहरुले बताएका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया