“#नो नट अगेन” नेपालको ट्रेन्डिङ नम्बर १ मा

काठमाण्डौ । निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएसँगै यसको व्यापक आलोचना भइरहेको छ । आयोगले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको तथा प्रमुख दलकै पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

सामाजिक सञ्जालमा यतिबेला ह्यासट्याग नो नट अगेन ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा भएको हो । कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो ।
झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र निर्वाचन ९कसूर तथा सजाय० ऐनको प्रतिकूल रहेको आयोगको भनाइ थियो ।

प्रतिक्रिया

खबर सबै