

कपिलवस्तु १ : युवा उम्मद्धारको प्रभावले ओझेलमा पुराना उम्मेद्धार





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु सहित देशभर तिहारसँगै मंसिर ४ को निर्वाचनले समेत देश तताएको छ । यही बेला आम नागरिक तिहार मनाउन व्यस्त छन भने निर्वाचनका कारण नेता तथा तिनका कार्यक्रताहरुमा मतदाता प्रभावित पार्ने कसरत जारी छ ।
मंसिर ४ को निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । कपिलवस्तुमा पुराना राजैनिकि दलबाट पटक पटक उम्मेद्धार बनेका र संसद सम्म पुगेका उम्मेद्धारसँग यतिबेला नयाँ र पहिलो पटक उम्मेद्धार बन्ने मौका पाएकाहरुका बिचमा कडा प्रतिश्प्रधा छ । यहाँ गठबन्धन सहित चक्रपाणी खनाल उम्मेद्धार छन भने जसपा सहित नेकपा एमालेबाट बलराम अधिकारी मैदानमा छन् । यी दुई नेता क्षेत्र नम्बर १ का लागि नयाँ अनुहार होइनन् । खनाल २०७४ मा निर्वाचित सासंद हुन भने अधिकारी २०७० मा निर्वाचित संविधान सभा सदस्य हुन । यहाँका जनताले यी दुई नेतासँगै २०६४ मा दिपकुमार उपाध्यायलाई टेष्ट गरिसकेका थिए । उपाध्यायको दल नेपाली कांग्रेस यतिबेला माओवादीका बलदेवलाई बोकेर चुनाबी मैदानमा छ । यी दुई उम्मेद्धारसँग कपिलवस्तु १ मा ठुलो घम्साघम्सी यसपटक नयाँ र युवा उम्मेद्धारहरुको राम्रै पर्ने देखिएको छ ।
यहाँ राप्रपाबाट धुव्रबहादुर रायमाझी, हाम्रो नेपाली पार्टीबाट ईन्जिनियर देबेन्द्रकुमार शर्मा र नेपाली काग्रेसबाटै बाघी उठेका ललित गुरुङ मुख्य प्रतिश्प्रधिको रुपमा चुनावी मैदानमा छन्। बल्देव र बलरामका लागि यी तीन जनाको उम्मोद्धारी टाउको दुखाइको विषय बनेको छ ।
नयाँको प्रभाव धेरै
यतिबेला उम्मेद्धारहरु घरदैलो र जनभेटघाटका कार्यक्रम धमाधम गरिरहेका छन भने मतदाता फाकाउने अनेकन उपाय पनि फलो गरिरहेका छन् । चुनावी प्रचार प्रसार कार्यालय स्थापना गर्ने अभियान लगभक सकाएका उम्मेद्धारहरु अब मतदाताका घरघरमा पुग्ने र उनीहरुलाई आफ्नो पक्षमा मतदान गर्न प्रेरित गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा निर्वाचन प्रचारप्रसाका सामग्री पोष्ट गर्ने कार्यमा पनि उम्मोारहरुको जोड छ । तर आम मतदातामा भने पुराना र एकपटक निर्वाचित भएकाहरु भन्दा नयाँ र युवा उम्मेद्धारप्रति बढी चासो देखिएको छ । नयाँ उम्मेद्धारका घोषणा पत्र, चुनवाी नारा, उनीहरुका विचार प्रति मतदाता बढी सक्रियताका साथ चासो दिइरहेको पाइएको छ । गठबन्धन र एमालेका उम्मेद्धारहरुसँग उनीहरुका कार्यक्रताहरुको लस्कर घरदैलो लगाएतका कार्यक्रममा बढी देखिएपनि साना दलबाट र स्वतन्त्र उम्मेद्धारी घोषणा गरी अन्य दलको चुनाव चिन्हबाट निर्वाचन लड्ने तयारीमा रहेका उम्म्ेद्धारमा त्यस्तो प्रभाव पाइदैन । उनीहरु सामान्य तवरबाट घरदैलो र भेटघाट गरिरहेका भेटिन्छन् । तर आन्तरिक रुपमा मतदाताहरु पुराना सँग भन्दा नयाँसँग बढी खुसी देखिन्छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा पुराना उम्मेद्धारहरु नयाँ र युवा उम्मेद्धारसँग ओझेलमा परेका छन् । जनताले नयाँलाई मौका दिनुपर्छ भन्ने आफ्नो विचार अभिव्यक्त समेत गरिरहेका बेला कपिलवस्तु १ मा पनि यसपटक प्रतिनिधि सभामा ठूला दलका उम्मेद्धारलाई स्वतन्त्र, नयाँ र युवा उम्मेद्धार भारी पर्न सक्ने देखिएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया