कपिलवस्तु १ मा चुनावी माहोल बनाउँदै देबेन्द्रकुमार शर्मा

कपिलवस्तु । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कपिलवस्तुमा चुनावी माहोल तातेको छ भने उम्मेद्धारहरु आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह (लौरो) लिएर प्रतिनिधि सभाका लागि उठेका इन्जिनियर देबेन्द्र कुमार शर्मा यतिबेला आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छन् । उनी यतिबेला कपिलवस्तु १ अन्र्तगत जनताको घर दैलोमा पुग्ने गरेका छन् भने मतदाताहरुसँग आर्शिवाद लिदै मत पनि मागिरहेका छन् । इन्जिनियरिङ विषयबाट अध्ययन गरेका शर्मा कपिलवस्तु १ बाट पुराना राजनितिक दलका उम्मेद्धारसँगै चुनावी प्रतिश्प्रधामा उभिएका हुन । उनले आफ्नो जित निश्चित रहेको दाबी पनि गरेका छन् । उनी भन्छन्, “कपिलवस्तुमा विकासका काम हुन सेकनन् । जनताको अवस्थामा परिवर्तन आउन सकेन । यस अघि पटक पटक संसदमा पुगेर मन्त्री समेत भएका नेताहरुले जनताको भावना बुझ्ने गरी काम गर्न सकेनन् । त्यसैले यसपटक मैले उम्मेद्धारी दिनुपरेको हो ।”

कपिलवस्तु १ मा शर्मा सँगै यतिबेला गठबन्धनका तर्फबाट चक्रपाणी खनाल बल्देव र एमालेबाट बलराम अधिकारी उम्मेद्धार छन् । यी दुबै नेताहरुलाई देबेन्द्रकुमार शर्माको उम्मेद्धारीले चुनौति थपेको छ । यसबाहेक नेपाली कांग्रेसबाट बिद्रोह गरेका ललित गुरुङ समेत चुनावी मैदानमा रहेका बेला गठबन्धनका उम्मेद्धारलाई टाउको दुखाइको विषय बनेको छ ।

दिनहुँजसो जनताको घरदैलोमा पुगेका शर्माले मतदाताहरु आफूसँग निकै उत्साहित भएको बताएका छन् । उनले कपिलवस्तु र क्षेत्र नम्बर एकमा प्रचुर सम्भावना हुँदा हुँदै पनि जनताको अपेक्ष अनुसार केही गर्न नसकेको बताउँदै अहिले आफुहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् ।
कपिलवस्तुमा पटक पटक प्रमुख दलबाट एउटै व्यक्तिलाई संसद सम्म पु¥यापनि सोचेअनुसारको प्रतिफल नपाएपछि नयाँ अनुहारलाई मत दिनुपर्ने चौतर्फी आवाज उठेका छन् । यही बेला इन्जिनियर शर्माको उम्मेद्धारीले कपिलवस्तु १ मा नयाँ उम्मेद्धारले जित्ने आधार समेत बलियो बनेको छ ।

प्रतिक्रिया

खबर सबै