

लक्ष्मी पूजाको ‘पिक आवर’मा पनि बिजुली निर्यात, ३८० मेगावाट भारतमा बिक्री





काठमाण्डौ
नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ ।
नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि बिजुली भारत निर्यात गरेको हो ।
प्राधिकरणका अनुसार हिजो बेलुका पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ ।
लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो । त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।
गएको वर्ष लक्ष्मी पूजाको दिन पिक आवरमा बिजुलीको माग १ हजार २ सय ७० मेगावाट थियो । गएको वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाका बेला पिक आवरको माग ३५ मेगावाटले बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।
अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि बिक्री सुरू गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताउनु भएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया