

कपिलवस्तुमा कात्तिक ९ देखि म्यादी प्रहरी सुरक्षामा खटिदै





राजेन्द्र खनाल, कपिलवस्तु । आउँदो मंसिर चारका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभरका प्रहरी कार्यालयमा म्यादी प्रहरीले धमाधम तालिम लिइरहेका छन् । उनीहरुलाई आधारभूत तालिम पश्चात निर्वाचन सुरक्षाका लागि खटाउने तयारी भइरहेको छ ।
असोज ३० देखि सुरु भएको तालिम अब कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । तालिम सकिएलगत्तै उनीहरुलाई निर्वाचन सुरक्षामा खटाइने छ । कपिलवस्तु जिल्लामा झण्डै २ हजार ४ सय ४० म्यादी प्रहरीले तालिम लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलले साझाकुरासँग बताएका छन् । यहाँको सुरक्षा संवेदनशिलतालाई हेरेर म्यादी प्रहरीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षाका लागि खटिने छन् ।
प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।
निर्वाचन सुरक्षाका लागि तालिम नेपाल प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्ने छ । निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार सात प्रदेश र उपत्यकाबाट दुई लाख ३२ हजार ७८ जनाले दरखास्त दिएका थिए । त्यसमध्ये एक लाख ७१ हजार ७१० पुरुष र ६० हजार ३७० जना महिलाको संख्या छ । यो संख्या माग गरेभन्दा एक लाख १७ हजार ७८ जना बढी हो ।
प्रदेश १ मा ३५ हजार ८२६, मधेस प्रदेशमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०६, गण्डकीमा १५ हजार ९०९, लुम्बिनीमा ४३ हजार ९०५, कर्णालीमा १४ हजार ९३६, सुदूरपश्चिममा २४ हजार ४४० र काठमाडौं उपत्यकामा नौ हजार ७२ जनाको आवेदन परेको छ ।
कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने विषय मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा चुनौती हेरेर कोटा निर्धारण हुने बताइएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया