

कपिलवस्तुमा राति ९ बजे पछि देउसी–भैलो खेल्न नपाइने



कपिलवस्तु । यसवर्ष कपिलवस्तुमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्याँलयले जनाएको छ । राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन् ।
तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विस्फोटक पदार्थ (पटकाहरू) को ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेटजस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्नसक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।
यस अघि राति १० बजे देखि भनि समाचार लेखिएकोमा उक्त समाचार सच्चाइएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी








प्रतिक्रिया