

कपिलवस्तुमा राति ९ बजे पछि देउसी–भैलो खेल्न नपाइने


कपिलवस्तु । यसवर्ष कपिलवस्तुमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्याँलयले जनाएको छ । राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन् ।
तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विस्फोटक पदार्थ (पटकाहरू) को ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेटजस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्नसक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।
यस अघि राति १० बजे देखि भनि समाचार लेखिएकोमा उक्त समाचार सच्चाइएको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत







प्रतिक्रिया