तिहार आयो तर फुलेन फूल

राजेन्द्र खनाल, कपिलवस्तु । यसवर्षको तिहार नेपालीहरुका दैलोमा आइपुगेको छ । तर तिहारका बेला सबैभन्दा बढी माग हुने फूल भने यसवर्ष अझै उत्पादन भएको छैन । तिहार आउन साता दिन पनि छैन । फूलले अझै थुंगा देखाएको छैन ।

अघिल्ला वर्ष कात्तिक महिनाको अन्त्य तिर पर्ने तिहार यस वर्ष दोस्रो साताबाटै सुरु भएका करण यसवर्ष तिहारमा फूलको कमी भएको हो । त्यस्तै अघिल्ला वर्ष फूल खेती नै गर्नेहरु प्रशस्त देखिन्थे तर यसवर्ष कपिलवस्तुमा फुलको खेती कतै पनि भएको छैन । जसले गर्दा पनि यसपटकको तिहारमा फुलका माला भन्दा पनि आयातित प्लाष्टिकका मालाको किनबेच बढी हुने देखिएको छ ।

बजरामा झिलिमिली बत्ती र प्लाष्टिकका माला बिक्रिका लागि सजाइसकिएको छ भने कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा समेत यीनै सामग्रीको व्यापार यतिबेला बढी छ । आफ्नै घरको आगनमा ढकमक्क फुलेका फूलबाट उनीएका माला तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाउने सोचका साथ रोपिएका फूल तिहारपछि मात्रै फुल्ने भएपछि दिदिबहिनीहरु प्यालिष्टकका माल किन्न बाध्य बनेका छन् ।

कपिलवस्तुमा व्यवसायकि फूल खति कम हुने गरेका कारण पनि यसवर्ष तिहारमा पूmलको माग बढी छ । बाणगंगाको ओदारीमा मात्रै व्यवसायिक फूल खेति गर्ने गरिएको भए पनि अन्य स्थानमा यसवर्ष व्यवसायिक पूmलको खेति भएको छैन । जसले गर्दा पनि यसवर्षको तिहारमा गाउँमै फुलेका फूल भन्दा पनि प्लष्टिकका फूलको व्यापार बढी हुने देखिएको छ ।
तिहार छिटो पर्दा भारतबाट आउने फुलमा समेत कमी आउने बताइएको छ ।

नेपालमा फूल खेती कम भएका कराण यहाँ खपत हुने फूलमध्ये धेरै भारतबाटै आउने गरेको छ । यस वर्ष भारतबाट समेत फूलको आयात भएको छैन ।

प्रतिक्रिया

खबर सबै