

शसस्त्र प्रहरीको ट्रक दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो




कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ ।
सिउटीमा भएको ट्रक दुर्घटनामा सशस्त्र प्रहरी जवान रमेश चौधरी , शशस्त्र प्रहरी जनक चौधरी , अर्का शशस्त्र प्रहरी रमेश चौधरी सहित साइकलयात्री अमर तङनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं। को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको हो ।
यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । यस्तै दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, प्रेम मल्ललाइ पनि बुटवल रिफर गरिएको छ ।
यता स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया