

बाणगंगामा बस र मोटरसाइकल ठेक्किए, एकको मृत्यु, एकजना घाइते




कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार राति करिब ११ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत कलिवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ, भोटेपथमा दाङबाट पोखराका लागि छुटेको ना ७ ख ५३९१ नम्बरको यात्रुवाहक बससँग विपरित दिशाबाट गइरहेको लु २० प ५४९४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका घर भएका ३२ वर्षीय सुमन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सीले बताएका छन् । थारुको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मोटरसाईकलको पछाडि सवार अर्का ३८ वर्षीय भवनाथ कुँवरको भैरहवा स्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गयरति करिब ११ बजेको समयमा भएको प्रहरी निरिक्षक केसीले ईसाझाकुरासँग बताएका छन् ।


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया