दाङ १ मा पूर्व तीन सहकमर्मीलाई चुनौती दिदै सुरेन्द्र चौधरी

दाङ । दाङ निर्वाचन क्षेत्र नं १ मा थारु नेताहरुको रोचक निर्वाचन लडाइ हुने भएको छ । यहाँ नेकपा एमालेका शान्ता चौधरी, गठबन्धनका मेटमणी चौधरी, एमाले छोडेर उम्मेद्धारी दिएकी गंगा चौधरी, राष्ट्रिय उन्मुक्ति पार्टीका डा. सुरेन्द्र चौधरी मुख्य प्र्रतिश्प्रर्धीको रुपमा चुनावी मैदानमा छन् । यहाँ थारु समुदायका मतदाता पनि धेरै र उम्मेद्धार पनि थारु समुदायबाटै धेरैभएपछि थप रोचक हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा यही क्षेत्रमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र एमालेबाटै विद्रोह गरेकी गंगा सत्गौंवा चौधरी स्वतन्त्रबाट प्रतिस्पर्धी बनेका छन्। चुनावी अभियानमा जुटिरहेका तीनै नेताहरूले आफू जित्ने दाबी गरिरहेका छन्।

तीन पूर्वसहकर्मीहरुले यस्तो दाबी गर्दैगर्दा सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले सबैलाई चुनौती दिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार छन्ः सुरेन्द्र चौधरी।

वैकल्पिक शक्ति निर्माण अभियानमा जुटेका सुरेन्द्र चौधरी टीकापुर राजबन्‍दी रिहाई अभियानको अगुवाई समेत गरेका थिए। कुनै बेला नेपाली कांग्रेसको विद्यार्थी संगठनमा रहेर काम गरेका उनले सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानमा जुटिरहेका छन्।

देशका साशकहरुले थारु समुदायलाई हरेक तवरबाट कमैया बनाएको भन्दै उनले राजनीतिक गुलामीबाट माथि उठ्न थारुहरूलाई आह्वान गरेका छन्। सम्पूर्ण थारुहरूलाई नागरिक उन्मुक्ति पार्टीबाट आफ्नो माग र एजेण्डा स्थापित गर्नुपर्ने उनको भनाइ छ।

ुयो देशका साशकहरुले थारु समुदायलाई कमैयामात्र बनाइरह्यो। त्यो चाहे घरखेतमा काम गराए होस् या राजनीतिकरुपमा किन नहोस्, थारु नेताहरु अहिले पनि गुलामीबाहेक केही गरेका छैनन्। गरेका हुन् भने थारूले आफ्नो राज्य किन पाएन? यो देशका निकायहरुमा थारूको उपस्थित किन समावेशी छैन? उनी प्रश्न गर्छन्।

उनले पुरानै नेताहरुलाई दोहोर्‍याउँदा थारूका माग मुद्दा कहिल्यै सम्बोधन हुन नसकेको ताए। ुथारू समुदायले पनि अब वैकल्पिक शक्तिबाट आफ्नो मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने बुझेको छ। यो बेला त्यो शक्ति भनेको नागरिक उन्मुक्ति पार्टी हो। यही पार्टीले भोलि थारू एजेण्डाहरू स्थापित गर्छ,ु उनले भने।

स्थानीय तह निर्वाचनमा कैलालीमा मात्रै चार पालिका जितेको नागरिक उन्मुक्त पार्टी आसन्न निर्वाचनमा पनि ठूला दलका लागि टाउको दुखाइको विषय बनेको छ। टीकापुर घटनामा रेशम चौधरीलगायत निर्दोष थारुहरुलाई कैदी बनाएको भन्दै यतिबेला थारु समुदायमा नागरिक उन्मुक्ति पार्टीप्रति ठूलो सहानुभूति रहेको छ।

त्यही सहानुभूतिका कारण यसपटक थारुहरु नागरिक उन्मुक्तिलाई साथ दिने राजनीतिक विश्लेषकहरुको ठम्याइ छ। दाङ १ मा सुरेन्द्र चौधरीको उम्मेदवारी अरु दलका लागि टाउको दुखाइको विषय बन्नुको कारण पनि यही हो।

केही हप्ताअघि नागरिक उन्मुक्ति पार्टीले देउखुरीमा राजनीतिक जागरण अभियान सञ्चालनसमेत गरेको थियो। जसमा ठूलो संख्यामा थारु समुदायको उपस्थिति रहेको थियो। त्यस अभियानलाई पनि आँकलन गर्ने हो भने देउखुरीमा नागरिक उन्मुक्ति पार्टीले बाजी मार्ने स्थानीहरु बताउँछन्।

त्यसो त मेटमणिले सिट पाएपछि नेपाली कांग्रेस र माओवादी नेता(कार्यकर्ताहरु रुस्ट बनेका छन्। त्यसको फाइदा पनि नागरिक उन्मुक्ति पार्टीलाई हुने स्थानीयहरु बताउँछन्। ुयसपटकको चुनाव गोलमाल छ। पाउनेले पाएका छैनन्, नपाउनेलाई टिकट दिइएको अवस्था छ। यसले पनि अरु पार्टीका बलिया उम्मेदवारलाई फाइदा पुग्न देखिन्छ,ु लमहीका राजु चौधरी भन्छन्।

सुरेन्द्र चौधरी थप्छन्( ुजसको संगठन छैन, मतदाता छैन, त्यो हाम्रो प्रतिस्पर्धी हुन सक्दैन। नागरि उन्मुक्तिको प्रतिस्पर्धा एमालेसँग हो।ु

प्रतिक्रिया

खबर सबै