

कपिलवस्तु फोटोग्राफर संघको १० औँ साधारणसभा सम्पन्न – फोटो सहित



पवनराज पाण्डे, कपिलवस्तु
आज मिति २०७९ असोज २९ गते कपिलवस्तु फोटोग्राफर संघको १० औँ साधारणसभा बाणगंगा नगरपालिकाको जितपुरमा सम्पन्न भएको छ ।
सम्पन्न साधारण सभा कार्याक्रममा कपिलवस्तु फोटोग्राफर संघका कार्यसमितिका अध्यक्ष रामचन्द्र बेल्बासेको अध्यक्षता सहित बाणगंगा नगरपालिकाका नगर प्रमूख चक्रपाणी खनालको प्रमुख आतिथ्यता रहेको थियो । गुणस्तरीय सेवा तथा फोटाको व्यवस्था उपलब्ध गराईदिन अनुरोध तथा आवश्यक परेको बेला नगर प्रमुखले संविधानको दायरामा बसी संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विशिष्ट अतिथिहरु नेपाल फोटोग्राफर महासंघका संयोजक श्री महेन्द्र प्रसाद उपाध्याय ज्यू, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष श्री डोलकराम घिमिरे ज्यू, इलाका प्रशासन कार्यालय बाणगंगाका ना.सु. श्री धर्मराज न्यौपाने ज्यू, बाणगंगा नगरपालिका राजस्व शाखा (घरेलु तथा साना उद्योग) का प्रमुख श्री मदन प्रसाद घिमिरे ज्यु, बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष सञ्जु कुमार सारु तथा बुद्घभुमी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष/फोटोग्राफर श्री शुशील कुमार चौधरी ज्यु, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष श्री मनिराम पन्थ (मनिष) ज्यु, नवलपरासी फोटोग्राफर संघका अध्यक्ष श्री चेत नारायण पाण्डे ज्यु, पत्रकार सहित संघका सम्पुर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा फोटोग्राफर संघको कोषाध्यक्ष रिता अधिकारीको आर्थिक प्रतिवेदन, सचिव कर्ण बहादुर तिवारीको कार्य प्रतिवेदन तथा अध्यक्ष रामचन्द्र बेल्बासेले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्याक्रम संचालनको जिम्मेवारी कर्ण बहादुर तिवारीले लिनु भाको थियो ।








खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया