छिट्टै शैक्षिक कार्यक्रम शुरु गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारी

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु गरिने भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको आज भएको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा। रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

ुअस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छु, डा। पोख्रेलले भन्नुभयो, ुस्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालय आवश्यक कार्य गरिरहेको छ ।ु

तीन सय शय्याबाट सेवा दिइरहेको प्रतिष्ठानको सेवा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै उपकुलपति डा विकास लामिछानेले अब छिटोभन्दा छिटो शैक्षिक कार्यक्रम शुरु गरिने बताउनुभयो ।

यस्तै, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपचारात्मक सेवालाई गुणस्तरीय बनाउँदै शैक्षिक कार्यक्रम शुरु गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तुल्सिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अब दाङमै डाक्टर र नर्सको पढाइ हुने गरि प्रतिष्ठानलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

खबर सबै