

महिला उम्मेदवार : अर्घाखाँचीमा एक जना मात्रै


अर्घाखाँची । अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।
राजनीतिक दलहरूले महिलाका लागि भनेर लोकप्रिय नारा, सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्षतर्फ सन्तोषजनकरूपमा उम्मेदवार बनाउन सकेका छैनन् । संविधानले महिलाका लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम रहेको छ ।
२०६४ सालको संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र नम्बर २ बाट जित्नुभएकी भुसाल यसपालि अर्घाखाँचीमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पूर्व उपसभामुखसमेत रहनुभएकी भुसाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदुर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट मधुबहादुर सारुको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत सुरेश भट्टराईले बताउनुभयो ।
प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनका तर्फबाट राजमोका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपालीलगायतले उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश सभा (ख) का लागि नेपाली कांग्रेसबाट कमलप्रसाद भुसाल, एमालेबाट रामजीप्रसाद घिमिरे, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीवी अर्याललगायतले उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत महेश खनालले बताउनुभयो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया