बाणगंगाका २३ वर्षीय नारायण गुरुङ दुबै मृगौला फेल, उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बस्दै आएका २३ वर्षीय नारायण गुरुङका दुबै मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको छ । उनको परिवारले सहयोगको अपिल गरेका छन् ।

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर २ घर भई हाल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली बनगाईमा बस्दै आएका नारायण गुरुङको दुबै मृगौला फेल भई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि ठूलो आर्थिक रकमको आवश्यक पर्ने देखिएको छ । तर उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेका कारण थप उपचारका लागि रकम अभाव भएको हुदा आर्थिक सहयोग गरिदन उनका परिवारले आह्वान गरेका छन् । २३ वर्षको कलिलो उमेरमै मृगौलाको समस्या देखिएका गूरुङका माइला दाई मिलन गुरुङले रकम अभावका कारण उपचार गराउन नसकेको बताए । उनले मानवताका हिसाबले आफुले सकेको सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।

सहयोगका लागि नारायण गुरुङको नाममा रहेको ग्लोबल आइएमी बैँकको खाता नम्बर २३२०७०१००९०३३१ पनि सहयोग रकम जम्मा गरिदिन सकिने दाई मिलन गुरुङले बताए । उनले आफ्नो भाइको उपचार गराएर जीवन दिन पनि सहयोग अपिल गरेका छन् ।

प्रतिक्रिया

खबर सबै