

हाइड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री शर्मा



काठमाण्डाै
अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
आज सोमवार काठमाण्डाैमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण विभिन्न असर पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयो, ‘हामीले नेपालबाट अब बिजुली बिक्री गर्नु पर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । हामीले पानीको सदुपयोग गरेर बिजुली उत्पादन गर्न सक्याैँ भने र त्यसबाट हाइड्रोजन, एमोनिया बनाएर विश्व बजारमा प्रतिस्पर्धी भएर पुर्याउन सक्यौँ भने नेपालको समृद्धि त्यहीँ छ । नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यहीँ देखिरहेको छु । त्यस कारण यतातिर हामी सबैको ध्यान जानुपर्छ । जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्सर्जन कम गर्नुपर्ने आवश्यकताकाे विकल्पको रूपमा हामीले एमोनिया र ग्रीन हाइड्रोजन प्रयोग गर्न सक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्त्व छ ।’
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्त्वपूर्ण रहेको बताउनुभयो । यसमार्फत नेपाललाई विश्व बजारमा पहुँच वृद्धि गर्न र लगानी भित्र्याउन पनि सकिने उहाँले उल्लेख गर्नुभयो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया