कपिलवस्तुका ३ संघीय सिटका लागि ५१ जनाले गराए मनोनयन दर्ता

कपिलवस्तु । कपिलवस्तु जिल्लामा आइतबार उम्मेद्धारी दर्ता उत्साहका साथ सकिएको छ । यहाँका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा पदका लागि उम्मेद्धारी दर्ता भएको हो ।

प्रतिनिधि सभा सदस्य तर्फ ५१ र प्रदेश सभा सदस्य तर्फ ९५ जना मनोनयान दर्ता गराएका छन् । हेर्नुहोस् यस्तो छ क्षेत्रगत उम्मेद्धारी संख्या :

प्रतिनिधि सभा तर्फ :

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा २२ जना
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा ११ जना
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा १८ जना

प्रदेश सभा तर्फ :

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा ९ जना
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ (ख) मा १८ जना

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं २ (क)मा १३ जना
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं २ (ख) मा ११ जना

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ३ (क) मा १९ जना
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ३ (ख) मा २५ जना

स्रोत : निर्वाचन अधिकृतको कार्यालय , कपिलवस्तु ।

प्रतिक्रिया

खबर सबै