

कपिलवस्तु १ मा ५ स्वतन्त्र सहित २२ जनाको उम्मेद्धारी



कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधी सभा १ मा विभिन्न दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । जसमा सत्ता गठबन्धबाट तर्फबाट माओवादी केन्द्रका नेता चक्रपाणी खनाल वलदेवले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट केन्द्रिय नेता बलराम अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको उम्मेदवारी विरुद्ध कांग्रेसका पूर्व क्षेत्रीय सभापति जिल्ला नेता ललित गूरुङले वागी उम्मेदवारी दिएका छन् ।
ध्रुव वहादुर रायमाझीले राप्रपा, नगेन्द्र चौधरीले जनमत पार्टी सीके राउत समुह ,रविन्द्र नाथ मिश्राले लोसपावाट प्रतिनिधी सभा १ को सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आफूलाई लामो समयदेखि स्वतन्त्र भनेर मत माग्दै घरदैलो गर्दै आएका इन्जिनियर देबेन्द्र कुमार शर्माले हाम्रो नेपाली पार्टीवाट उम्मेदवारी दर्ता गराए ।
यस्तै उत्तम आलले राष्ट्रिय जनमुक्ति पार्टीवाट, उत्तम सिंह रानाले मंगोल नेशनल अर्गनाइजेशनवाट , तपेश्वरी कहारले बहुजन शक्ति पार्टीवाट ,वसन्त पोखरेलले एकिकृत शक्ति नेपाल पार्टीबाट उम्मेदवारी दिएका छन् । यमलाल चौधरीले नेपाल किसान मजदुर पार्टीवाट ,बीर वहादुर चौधरीले नेपाल संघिय समाजवादी पार्टीवाट, यूवराज शर्मा आचार्यले नकपा मालेवाट , राम नरेश कलवारले राप्रपा नेपालवाट संघिय सांसदका लागि क्षेत्र नं १ कपिलवस्तुवाट उम्मेदवारी दर्ता गराए ।
यस्तै राममिलन थारुले रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीवाट ,सञ्जु सिंह विष्टले रवि लामीछानेको राष्ट्रिय स्वतनत्र पार्टीवाट ,श्रवण कुमार उपाध्ययाले जनता प्रगती शिल पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार दर्ता गराउनेमा हिमाल बुढाथोकी ,शेरवहादुर यादव,योगेश क्षेत्री गिता देवि पौडेल रहेका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया