

एमालेले गर्यो कपिलवस्तुका ९ वटै स्थानमा मनोनयन दर्ता





कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका निम्ति जिल्लाका ८ स्थानमा मनोनयन पत्र दाखिला गरेको छ ।
जिल्लाका ३ प्रतिनिधी सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेद्वारी मनोनयन पत्र दाखिला गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । प्रतिनिधी सभा १ बाट एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य बलराम अधिकारीको मनोनयन दाखिला गर्नु भएको छ भने प्रदेश सभा तर्फ १ को क बाट एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् निवर्तमान प्रदेश सभा सदस्य विष्णु पंथी, र १ को “ख” बाट मधुशुधन शरण चौधरीको मनोनयन पत्र दाखिला गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
प्रतिनिधी सभा २ बाट एमाले केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् निवर्तमान प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताको उम्मेद्वारी दाखिला भएको छ । त्यस्तै प्रदेश सभा तर्फ २ को क बाट नवराज लामिछाने र २ को ख बाट निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवको मनोनयन दाखिला गरेको छ ।
प्रतिनिधी सभा ३ बाट एमाले केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ताको मनोनयन दाखिला भएको छ । त्यस्तै प्रदेश सभा तर्फ ३ को क बाट अर्जुन कुमार केसी र ३ को ख बाट रजाउ रहमान खाँको उम्मेद्वारी मनोनयन गरिएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ । उम्मेद्वारी मनोनयन दाखिलाका लागि एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, शहराज अहमद फारुकी, शुसिल कुमार श्रीवास्तव, झविलाल पोख्रल, चक्रपाणी अर्याल, विश्राम प्रसाद थारु , लगायतका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनुभयो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया