कांग्रेसबाट कपिलवस्तु १ को प्रदेशसभा ‘क’ मा डोलकरामले दिए उम्मेद्धारी

कपिलवस्तु नेपाली कांग्रेसबाट डोलकराम घिमिरेले टिकट पाएका छन् । कपिलवस्तु प्रतिनिधिसभा–१ को प्रदेशसभा ‘क’ बाट घिमिरेले टिकट पाए सँगै आज उम्मेद्धारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट यो क्षेत्र कांग्रेसको भागमा थियो । कांग्रेसभित्र टिकटमा लागि बाणगंगा नगरपालिकाका पूर्व मेयर मंगलप्रसाद थारु प्रमुख दावेदारमा थिए । कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका घिमिरेले अन्ततः टिकट पाएका हुन् ।

मिरे कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । उनले मनोनयन दर्ता पछि पत्रकारहरुको जिज्ञासामा आफुले टिकट पाएको र अब निर्वाचन जितेपछि यहाँको जनजिविकासँग जोडिएका महत्वपूर्ण पक्षमा काम गर्ने बताएका छन् ।

प्रतिक्रिया

खबर सबै