कपिलवस्तुबाट खस–आर्य तर्फ पहिलो नम्बरमा परे आचार्य र न्यौपाने

कपिलवस्तु । कपिलवस्तुका दुई नेता दुई ठूला पार्टीबाट समानुपातिक सूचीको पहिलो स्थानमा परेका छन् ।

कांग्रेसबाट राजेश आचार्य र एमालेबाट गिरधारीलाल न्यौपाने खस(आर्यको पुरुष तर्फ एक नम्बरमा परेका हुन् ।

लुम्बिनी प्रदेश तर्फ नेपाली कांग्रेसबाट राजेश आचार्य खस(आर्य पुरुष तर्फ पहिलो नम्बरमा परेका छन् ।

कपिलवस्तुका पूर्व पार्टी सभापति रहेका आचार्य यो निर्वाचनमा समानुपातिक सूचीमा अटाएका हुन् ।

नेकपा ९एमाले० बाट गिरधारीलाल न्यौपाने खस(आर्य पुरुष तर्फ पहिलो स्थानमा परेका छन् । कपिलवस्तु घर भएका न्यौपाने पुराना बामपन्थी नेता हुन् ।

नेकपा –मसाल० बाट राजनीति थालेका न्यौपाने माओवादी हुँदै एमालेमा सक्रिय छन् ।

पार्टीका केन्द्रीय सदस्य रहेका उनी लुम्बिनी प्रदेशको सह(इन्चार्जको भूमिकामा छन् ।

प्रतिक्रिया

खबर सबै