जसपाको झण्डा बोकेर कांग्रेसको टिकट लिए सहसरामले

कपिलवस्तु । कपिलवस्तुमा विचित्रको राजनीतिक ट्वीस्ट देखा परेको छ । जसपाको चुनाव चिह्नबाट तामझाम पूर्वक मनोनयन दर्ता गर्न आएका सहसराम यादव अन्ततः कांग्रेसबाट चुनाव लड्ने भएका छन् ।

रातिदेखि यादवलाई सत्ता गठबन्धनका केही नेताले चुनाव लड्ने गरी प्रस्ताव राखेका थिए । तर उनले गठबन्धनबाट चुनाव लड्ने तत्काल कुनै निर्णय लिएनन् । दिउँसो आफ्नो पार्टी कार्यकर्तासंगै गजेहडास्थित निर्वाचन कार्यालयमा आएका यादव एकाएक कांग्रेसबाट चुनाव लड्ने मनस्थितिमा पुगेका हुन् । कांग्रेस, माओवादीले यादवलाई समर्थन गरेका छन् । जसपा एकाएक सत्ता गठबन्धनबाट बाहिरिए पछि यो क्षेत्र गठबन्धनले खाली राखेको थियो ।

नेकपा (एकीकृत समाजवादी) ले दाबी गर्दै आएको यो क्षेत्रमा माओवादीले छाड्न मानेको थिएन् । माओवादीले उम्मेदवार खडा गर्ने गरी तयारी गरेपनि अन्ततः जसपा यादवलाई समर्थन गर्न पुगेको छ । यादव जसपाबाट ०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रहेका छन् ।

प्रतिक्रिया

खबर सबै