

कपिलवस्तुमा आइतबार मनोनयन दर्ता हुँदै, यस्तो छ कार्यतालिका





राजेन्द्र खनाल, कपिलवस्तु । मंसिर ४ का लागि तोकिएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि भोली मनोनयन दर्ता हुदैँ छ । उम्मेद्धारहरुको मनोनयन दर्ताका लागि दलहरुले आफ्ना उम्मेद्धारहरुको टुङ्गो लगाउन अन्तिम कसरत गरिरहेका छन भने निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयमा तयारी पुरा भएको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रका लागि तीन स्थानमा छुट्टाछुट्टै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ भने ती कार्यालयहरुका लागि मुख्य निर्वाचन अधिकतृहरु पनि खटिसकेका छन् । यस्तै जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रहरुमा सर्वपक्षीय छलफल पछि दलहरुलाई शान्तिपुर्वक उम्मेद्धारी दर्ताका लागि उपस्थित हुन आग्रह गरिएको छ । यस्तै स्वतन्त्र मनोनयन दर्ता गर्नेहरुले पनि भोली नै आफ्नो उम्मेद्धारी दर्ता गर्नुपर्ने छ ।
कपिलवस्तुमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा चुनाव हुदै छ । यी क्षेत्रमा विभिन्न क्रियाशिल दलहरुले आफ्ना उम्मेद्धार मैदानमा ल्याउदै छन् । कपिलवस्तुमा कुल ३ लाख ७८ हजार २ सय ३२ मतदाता छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले भोली मनोनयन दर्ता सँगै अन्य कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । सोही कार्यतालिका अनुसार कपिलवस्तुमा निर्वाचनका सबै गतिविधि तय भएको जिल्ला निर्वाचन अधिकारी पन्थीले साझाकुरालाई जानकारी दिनुभयो ।
मनोनयन दर्ताका लागि असोज २३ गतेदेखि २६ गतेसम्म समय तोकिएको छ । ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ, ‘मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ ।’
त्यस्तै, आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार हुन मापदण्ड पनि निर्धारण गरेको छ । जसअनुसार मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । मनोनयन पत्र दर्ताका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ ।
उम्मेदवारी दिन व्यक्ति कुनै संघीय कानुनले अयोग नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि उल्लेख छ । आयोगले मनोनयन पत्र दर्ताका लागि शूल्क पनि तोकेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने छुटको व्यवस्था गरिएको छ ।
आयोगले असोज २३ गते आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा उम्मेदवारको मनोनयन दर्ता गरिसक्न पनि सम्बन्धित उम्मेदवारहरूलाई आग्रह गरेको छ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया