

अर्घाखाँचीमा उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय निर्धारण





अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भोलि हुने मनोनयनका लागि दलहरुको लागि समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्बपक्षीय बैठकमा दलहरूले पालना गर्नुपर्ने आचारसंहिता र उम्मेदवारको योग्यताको बारेमा मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले जानकारी गराएका थिए।
मनोनयनका लागि स्वतन्त्रको लागि १० बजेदेखि ११ बजेसम्म, राजमोलाई ११ बजे, १२ बजे जसपा, एमालेलाई १ देखि २ बजेसम्म, नेपाली कांग्रेसलाई २ बजे , नेकपा माओवादीलाई २ः३० बजे र राप्रपालाई ३ बजेको समय तोकिएको छ ।
प्रतिनिधि सभाको लागि १ र प्रदेशको लागि २ निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १ लाख ६४ हजार ७ सय ६८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेस भण्डारीले जानकारी दिए।
निर्वाचनको मनोनयनका समयमा र अन्य समयमा पनि राजनीतिक दलहरु तथा स्वतन्त्रहरूलाई ढुक्क भएर मनोनयन तथा निर्वाचन केन्द्रीत कार्यक्रमहरु आचारसंहिता भित्र बसेर गर्न प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आग्रह गरे।
बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया