

सोमवारसम्म पानी पर्ने सम्भावना, पूर्वबाट क्रमशः सुधार हुँदै



काठमाण्डौ । पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ ।
काठमाण्डौ उपत्यकामा मौसम बदलीकै अवस्था छ । काठमाण्डौमा आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार बिहान केही बेर घाम लागे पनि दिउँसोपछि फेरि पानी परेको थियो । यो क्रम गए रातिदेखि रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेको छ ।
त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अझै दुईरतीन दिन पानी पर्न नरोकिने र सोमवारसम्म मौसम सुधार हुने नदेखिएको महाशाखा मौसमविद् मञ्जु बासीले बताउनुभयो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया