

नयाँले मौका पाउनुपर्ने भन्दै महराले हटाए आफ्नो नाम समानुपातिक सूचीबाट



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँलाई मौका दिने भन्दै आफ्नो नाम समानुपातिकको बन्द सूचीबाट हटाउन लगाएका छन् । महराकै आग्रहमा माओवादी केन्द्रले शनिबार उनको नाम बन्दसूचीबाट हटाएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
‘उहाँले नयाँलाई मौका दिनुपर्छ भनेर आफ्नो नाम हटाइदिन आग्रह गर्नुभयो,’ सचिव ढकालले भने, ‘उहाँको इच्छाअनुसार उहाँको नाम सूचीबाट हटाइएको छ ।’ समानुपातिकको बन्द सूचीमा खस आर्य पुरुषबाट उनको नाम पहिलो स्थानमा थियो ।
महरा मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा र दाङबाट प्रत्यक्षतर्फ पनि पहिलो नम्बरमै सिफारिस भएका थिए । तर, उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । पछिल्लो समय महराले सार्वजनिक रुपमा नयाँलाई मौका दिनुपर्छ भन्दै आइरहेका थिए ।
महरा विसं २०४८ सालसहित यताका सबै निर्वाचनमा विजयी भएका छन् । उनी २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी पूर्वसभामुखसमेत हुन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया