हरायो दशैँमा चिउरा कुटाउने चलन

एक ताका यस्तो थियो, जब दशैँ आउँन लाग्छ तब गाउँभरीका मानिसहरु नयाँ धानका चिउरा कुटाउने गर्दथे । त्यतिबेला छुट्टै आभाष हुने गर्दथ्यो दशैँको, आफ्नै खेतका नयाँ धानबाट कुटीएका चिउरा र खसीको मासु खाँदा ।

तर आजभोली हरायो गाउँबाट चिउरा कुट्न जाने चलन ।

एक समय यस्तो थियो, मध्यनेपालमा दशैं भन्ने बित्तिकै गाउँघरमा चिउरा कुटाउन जानेहरूको ताँती लाग्ने गरेको थियो ।

हरेक घरपरिवारले केही घण्टा लाग्ने बाटो हुँदै चिउरा मिलसम्म पुग्ने र दशैंका लागि चिउरा कुटाएर ल्याउने विशेष मेला नै लाग्थ्यो ।

मासु खान रुचाउनेहरूले चिउरा र मासु खाने र दशैं मनाउने पुरानो प्रचलन हो ।

तर विगतका केही वर्षयता दशैंमा चिउरा संस्कृति विस्तारै हराउँदै जान थालेको छ ।

केही स्थान विशेष वा समुदाय विशेषले दशैंमा न्यून मात्रामा चिउरा प्रयोग गर्ने भएपनि पछिल्लो समय दशैंमा चिउरा संस्कृति हराउँदै गएको हो ।

प्रतिक्रिया

खबर सबै