श्रृङ्गीघाट सामुदायिक वनको १०औँ साधारण सभा सम्पन्न

भगवती न्यौपाने, कपिलवस्तु । वनको व्यावस्थापनका लागि वैज्ञानिक रणनिती अवलम्वन गर्नुपर्ने डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले बताउनु भएको छ । देशलाई आत्म निभर, धनि बनाउन, वनको संरक्षण गर्न वैज्ञानिक वन व्यवस्थापन आवशयक पर्ने बताउनु भयो ।

कपिलवस्तुको बाणगंगाका १,३,४,र ४ चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको १० औं बार्षिक साधारण सभा लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । वनले आम्दानीका स्रोत बढाउने, रोजगारि सृजन गर्ने बताउदै देशलाई काठमा आत्मनिभर बनाउनु पर्ने तर्क गर्नु भयो ।

उहाँले गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । बुढा रुख काट्ने काटेका ठाउँमा नयाँ विरुवा रोप्ने र रोपेका विरुवा हुकाउने र संरक्षण गर्ने बताउनु भयो ।
कार्यक्रममा वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले आर्थिक वर्ष २०७९/०८०को प्रस्तावित आय तथा खर्च सहितको बार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा वनका सचिव सुष्मा खाँणले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को लेखा प्रगति प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभामा वडा न। ४का वडा अध्यक्ष छविलाल रेश्मी मगर, शिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई ,भुपु शैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहा, दर्खास्त टोल संयोजक शालिकराम लगायतले बोल्दै वनले प्रस्तुत गरेको कार्ययोजानाको प्रशंसा गर्दे समृद्ध देश बनाउन धेरै टेवा पुग्ने बताउनु भयो ।

साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो ।

कार्यक्रममा डिभिजन वन कार्यालय तैलिहवाका सहयक वन अधिकृत मदन स्याण्डील्य, सबडिभिजन कार्यलय मोतिपुरका प्रमुख विष्णु लामिछाने,ईलाका प्रहरी कार्यलय पिपराका दिपक बाबु केसि, ससस्त्र प्रहरि पिपराका बाबुराम गैरे लगायत सल्लाकार, टोल समिति, वनमा आबद्ध उपभोक्ता,प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

गणेश बहादुर सिंहको अध्यक्षता,उपाध्यक्ष बुद्ध बाहादुर शाहीको स्वागत मन्तव्यमा भएको कार्यकम्रको सञ्चालन सचिव सुष्मा खाँणले गर्नु भउको थियो । कुलापानि समितिको सभाहलमा भएको कार्यक्रममा निर्वतमान कार्यसमितिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै