

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड



सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्।
दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने प्रतिबद्धता जनाएपछि मात्र कर्मचारी लैजाने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने पटक पटक सिंहदरबार धाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत पाउन सक्दैनन्। मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले सुगम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लैजान पालिकाका प्रमुख आफैँ मन्त्रालय धाउने गरेको बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया