

एमालेले जबरालाई जाेगाउन षड्यन्त्र गरिरहेकाे छ : अधिवक्ता बिडारी



काठमाण्डाै
राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएकाे छ ।
आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्रजस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनका निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनका निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’
वरिष्ठ अधिवक्ता बिडारीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव चुनावपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभयाे । जबराविरुद्धको महाअभियोग प्रस्ताव मङ्सिर ४ गतेको चुनावपछि आउने प्रतिनिधि सभाले हेर्ने उहाँले बताउनुभयाे । उहाँले संसद् जीवित रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसद्ले हेर्छ । अहिले पनि संसद् भङ्ग भएको छैन, अधिवेशन मात्रै अन्त्य भएको हो । त्यस कारण यति कुरा पनि नबुझेको जस्तो गरी मानिसहरू भुत्भुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरि बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यस कारणले त्यो गर्नु पनि परेन । अब अधिवेशन बस्दैन । अब आउने चुनावबाट नयाँ आएको संसद्ले अब हेर्छ ।’
वरिष्ठ अधिवक्ता बिडारीले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने पनि बताउनुभयो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया