कुन प्रदेशमा कति मतदाता र मतदान केन्द्र ? हेर्नुहोस्

कपिलवस्तु । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसकेको छ भने दलहरु समेत निर्वाचनको दौडमा होमिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयहरुले संकलन गरी आयोगमा पठाएको मतदाता नामावलीलाई अद्यावधिक गरी आयोगले आज प्रदेशगत विवरण र्साजनिक गरेको हो । यसको जिल्लागत विवरण अबको एक दुई दिनमा आइपुग्ने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो ।

आयोगले सार्वजनिक गरेको विवरणमा प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा कायम भएका छन् ।

आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले सबैभन्दा बढी र सबैभन्दा कम मतदान केन्द्र निर्धारण भएका तीन तीन प्रदेशको विवरणमा जनाएको छ । लुम्बिनी प्रदेशको विवरण भने अझै सार्वजनिक भएको छैन ।

यस पटकको निर्वाचनमा जिल्लागत रुपमा सबै भन्दा कम मतदान केन्द्र मुस्ताङ् जिल्लामा जम्मा २८ वटा छन भने सबै भन्दा बढी मोरङमा ८ सय ३९ वटा निर्धारण गरिएको छ ।

पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1ZaTPress_Release_2079_5_31gr8Rf20PJxUr4U-V-_ECsDV9OK_su/view

प्रतिक्रिया

खबर सबै