

विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने सरकारको निर्णय



काठमाण्डौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।
यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय गरेको हो ।
यसैबीच सरकारको यो निर्णयको नेकपाले स्वागत गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर सरकारको निर्णयलाई पार्टीले स्वागत गरेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिनुभएको हो ।
यस्तै यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुसी पनि व्यक्त गरिएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया